Hebrews 12:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा बुबाहरूले उनीहरूलाई ठीक लागेअनुसार हामीहरूलाई थोरै समयको लागि तह लाउँछन्, तर परमेश्‍वर पिताले सधैँभरिका लागि हाम्रो भलाइ होस् अनि उहाँजस्‍तै पवित्र हुन सकौं भनेर नै हामीलाई तह लाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिनीहरूले असल ठानेबमोजिम केही दिन हामीलाई ताड़ना दिए। तर हामी उहाँका पवित्रताको सहभागी हुन सकौं भनेर हाम्रो फाइदाको निम्‍ति उहाँले ताड़ना दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरूलाई असल लागेअनुसार हामीलाई केही समयसम्म अनुशासनमा राख्नुभयो, तर हामी परमेश्‍वरको पवित्रतामा सहभागी होऔँ भनेर परमेश्‍वरले हामीलाई हाम्रै भलाइको लागि अनुशासनमा राख्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा संसारिक पिताहरूले हामीहरूलाई उनीहरूले उचित सम्झेको अनुशासनको निम्ति केही समयको लागि सजाय दिए। तर उहाँ जस्तै पवित्र हुनलाई हाम्रा आत्मिक पिताले हामीलाई अनुशासित गराउँनु हुन्छ।
Nepali Tamang 2011
य्‍हाङ म्‍हिला आबासे चा य्‍हाङदा तिगै धिनना लागिरी थेन्‍से ठीक भिसी म्‍हन्‍बा अन्‍छार तहरी थान्‍मुला। तर परमेश्‍वर आबासे सदनना लागिरी य्‍हाङदा ज्‍यबा तगै ओच्‍छे ह्राङ ह्रङ्‌बान तिगै दोष आरेबा दोबाला लागिरी तहरी थान्‍मुला।