Hebrews 12:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई तह लगाएको बेला सुखभन्दा धेरै दु:ख हुन्छ। तर यसले हामी तह लाग्नेहरूलाई परमेश्वरको अघि ठीक राख्दछ र शान्त स्वभावको बनाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै ताड़ना सुरुमा सुखद हुँदैन तर दुःखदायी हुन्छ, तर ताड़नाद्वारा तालीम पाएकाहरूका लागि यसले पछि धार्मिकताको शान्तिपूर्ण फल उत्पन्न गराउँछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कुनै पनि अनुशासन त्यस बेलाको लागि सुखद हुँदैन, तर कष्टदायक हुन्छ। तरै पनि पछि गएर यसमा तालिम पाएकाहरूको लागि धार्मिकता र शान्तिको फल उत्पन्न हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
सजाय पाउँदा हामी खुशी हुँदैनौ किनकि त्यसबेला यो कष्टकर हुन्छ। तर पछि सजायबाट शिक्षा पाए पछि हामीलाई शान्ति हुन्छ किनकि हामी उचित प्रकारले बस्न थाल्दछौं।
Nepali Tamang 2011
सजाय याङ्बा धुइरी य्हाङदा सुख आहिन, तर ल्हाना दुख तमुला। तर य्हाङ तहरी चिसी पाको दोबागदे परमेश्वरदा सेम निबादेन ज्यबा बानीबेहोर मुबा म्हि दोला।