Hebrews 12:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होश राख, कसैले पनि परमेश्वरको अनुग्रह गुमाउनुनपरोस्, मन तीतो पार्ने विषालु झारझैँ उम्रेर दु:ख दिने नबन, नत्र धेरैलाई अशुद्ध पार्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ध्यान देओ, कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्यसले फूट नल्याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ध्यान देओ, कुनै मानिस परमेश्वरको अनुग्रहबाट वञ्चित नहोस्, नत्रता तितोपनको जरा टुसाएर त्यसले फाटो ल्याउला, र धेरैजनालाई बिटुलो पार्ला।
Nepali ERV (पवित्र बाइबल)
सर्तक बस ताकि कोही पनि परमेश्वरको अनुग्रहबाट बंचित नबनोस्। अनि तिमीहरू मध्ये कोही पनि तीतेपाती जस्तो बडनु हुँदैन र अरूलाई बिगार्नु हुँदैन।
Nepali Tamang 2011
च्यागो, खालैनोन परमेश्वरला दयामाया आयाङ्बा म्हि थादोगै। आज्यबा सेमग्याम खालैदान छेबा बङ्बा तना थालगै, ओच्छे ल्हानान म्हिदा न्होङ्ना थालगै।