Hebrews 12:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही पनि छाडा स्‍वभावको नबन अनि एसावजस्‍तै परमेश्‍वरलाई नखोज्‍ने नहोओ। एसावले त एक छाक खानाको लागि जेठो छोराले पाउने आफ्‍नो हकलाई नै बेचेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोही पनि दुराचारी वा एसावजस्‍तै अधर्मी नहोस्, जसले एकछाक भोजनको लागि आफ्‍नो ज्‍येष्‍ठ पुत्रको जन्‍मसिद्ध अधिकार बेचिदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनैतिक सम्बन्ध राख्ने कोही नहोस्, अथवा जेठो छोरा भएर पनि एक छाक खानेकुराको लागि आफ्नो पैतृक अधिकार बेच्ने एसावजस्तै अधर्मी नहोस् भन्‍ने कुरामा ध्यान देओ।
Nepali ERV (पवित्र बाइबल)
कसैले यौन अपराध गर्नुहुँदैन, अथवा एसाव जस्तो सांसारिक मनको हुनुहुँदैन। एसाव जेठो छोरो थियो र बाबुको सम्पत्तिको उत्तराधिकारी थियो। तर ती सब उसले एक छाक खानाको लागि बेच्नु पर्यो।
Nepali Tamang 2011
खालैसेन आज्‍यबा बानीबेहोर थाथोगै। ओच्‍छे एसाव ह्रङ्‌बान परमेश्‍वरसे कुल्‍बा ताम आङ्‌यान्‍बा म्‍हि थादोगो। थेसे छाक गिक चबाला लागिरी थेबा झासे याङ्तोःबा अधिकारदान चूङ्‌जी।