Hebrews 12:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई थाहा नै छ, पछि उसले आफ्‍ना बुबाबाट आशीर्वाद पाउन खोज्‍यो, तर पाएन। उसले आफूले बेचेको हक रोएर फिर्ता लिन खोज्‍दा पनि फिर्ता पाउन सकेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूलाई थाहै छ, पछिबाट आशीर्वाद पाउन खोज्‍दा पनि ऊ अस्‍वीकृत भयो। किनकि उसले पश्‍चात्ताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्‍यो खोजेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पछिबाट आफ्नो पैतृक अधिकार आशिष् उपभोग गर्ने इच्छा गर्दा तिनी तिरस्कृत भएका थिए भन्‍ने तिमीलाई थाहै छ। यद्यपि तिनले आँसुसहित त्यो आशिष् प्राप्‍त गर्न खोजेका थिए; तर तिनले जे गरेका थिए, त्यसलाई सपार्ने मौका नै पाएनन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जान्दछौ, पछिबाट, उसले आफ्ना पिताको आशीर्वादको लागि रूनु पर्यो। तर उसलाई आशीर्वाद दिन अस्वीकार गरे। किनकि एसावले आफूले गरेका कुराहरू बदल्ने उपाय पाउन सकेन।
Nepali Tamang 2011
एनीगदेदा थानोन मुला, लिच्‍छा थेसे ह्राङला आबाग्‍याम मोलम किन्‍बारी म्‍हाइजी। ओच्‍छे क्रासी क्रासी ह्राङसे ङाच्‍छा चूङ्बा अधिकार दोःसी किन्‍बारी म्‍हाइजी। तर थेसे आयाङ्नी। तिग्‍दा भिसम थेसे ह्राङसे लबा आज्‍यबा गे ख्‍लाबा मौकान आयाङ्नी।