Hebrews 12:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होश राख, तिमीहरूसँग बोल्‍नुहुनेको आवाजलाई इन्‍कार नगर। यस पृथ्‍वीका मानिसबाट दिइएको परमेश्‍वरको चेतावनी इन्‍कार गर्नेहरू उम्‍कन सकेनन् भने झन् स्‍वर्गबाट बोल्‍नुहुनेलाई इन्‍कार गर्‍यौं भने हामीहरूको गति कस्‍तो होला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होशियार बस, जो बोल्‍दैहुनुहुन्‍छ, उहाँलाई तिमीहरू इन्‍कार नगर। किनकि यदि पृथ्‍वीमा चेताउनी दिनुहुनेलाई इन्‍कार गर्नेहरू उम्‍केनन्‌ भने स्‍वर्गबाट चेताउनी दिनुहुनेलाई अस्‍वीकार गर्‍यौं भने हामी कसरी उम्‍कन सक्‍छौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
होसियार रहो! परमेश्‍वर, जो बोल्नुहुन्छ, उहाँलाई इन्कार गर्नुहुँदैन। संसारमा चेतावनी दिनेलाई इन्कार गर्दा तिनीहरू उम्केनन् भने स्वर्गबाट चेतावनी दिनुहुनेलाई इन्कार गर्दा हामी कसरी उम्कन सक्छौँ?
Nepali ERV (पवित्र बाइबल)
होशियार बस र परमेश्वरको बोली सुन्न अस्वीकार नगर। जब परमेश्वरले पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनुभयो ती मानिसहरूले उहाँलाई सुन्न अस्वीकार गरे र तिनीहरू भागेनन्। अहिले परमेश्वर स्वर्गबाट बोल्दै हुनुहुन्छ। अनि उहाँलाई सुन्न हामीले अस्वीकार गर्यौं भने हामी कसरी भाग्न सक्छौ?
Nepali Tamang 2011
होशियार तसी चिउ, एनीगदेसे ह्राङदेन छ्‌याम ताम पाङ्बा परमेश्‍वरला ताम ङ्‌यान्‍बारी थाख्‍लागो। तिग्‍दा भिसम चु जम्‍बुलिङला म्‍हि मोशासे कुल्‍बा ताम इस्राएलीगदेसे आङ्‌यान्‍मा सजायग्‍याम स्‍योरआम्‍याङ्‌नी। झन य्‍हाङसे स्‍वर्गग्‍याम कुल्‍बा परमेश्‍वरला ताम आङ्‌यान्‍नी भिसम य्‍हाङ खाह्रङ् लसी स्‍योर्खम्‍ला?