Hebrews 12:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी “अझै एक पटक” भन्‍ने शब्‍दले सृष्‍टिका कुराहरू नै हल्‍लाइने र हटाइनेछ भन्‍ने बुझिन्‍छ। त्‍यसो हो भने नहल्‍लिने कुराहरू मात्र रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अझ एक पल्‍ट” भन्‍ने वचनले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात्‌ सृष्‍टि भएका कुराहरू हटाइनेछन्, तर हल्‍लाउन नसकिने कुराहरू स्‍थिर रहनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो “फेरि एक पल्ट” भन्‍ने शब्दहरूले यो देखाउँछ, कि हल्‍लाउन सकिने कुराहरू, अर्थात् सृजिएका कुराहरू हटाइनेछन्; ताकि हल्‍लाउन नसकिने कुराहरूचाहिँ रहिरहून्।
Nepali ERV (पवित्र बाइबल)
यहाँ “एकपल्ट अझै” भन्ने शब्दले स्पष्ट देखाउँदछ कि सृष्टिको हरेक चीज नष्ट हुनेछ। तर ती कुराहरू जो हल्लाउँदैनन्, रहिरहन्छन्।
Nepali Tamang 2011
चु “अझ तिरेम” भिबा तामग्‍याम जम्‍बुलिङरी मुबा जम्‍मान स्‍हेगदे नाश तला भिबा हिन्‍ना। चु भिबा चा आय्‍होङ्बा स्‍हेगदे चा नाश आत।