Hebrews 12:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले छोराहरूलाई झैँ तिमीहरूलाई यसरी अर्ती दिएको तिमीहरूले भुल्यौ, “ए छोरा, प्रभुले तिमीलाई तह लाउन खोज्नुहुँदा ध्यान देऊ अनि उहाँले तिमीलाई हप्काउनुहुँदा हरेस नखाऊ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरूले अर्तीका ती वचन भुलेका छौ जसले तिमीहरूलाई पुत्रहरू भनी सम्बोधन गरेको छ? “हे मेरो पुत्र, परमप्रभुको ताड़नालाई हलुका नसम्झ, उहाँबाटको दण्डमा हरेस नखाऊ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिताले आफ्नो पुत्रलाई भनेझैँ तिमीहरूलाई भनिएका परमेश्वरको ढाडसका वचन तिमीहरूले पूरै भुलिसक्यौ? “हे मेरा छोराछोरी, परमेश्वरको अनुशासनलाई हल्का नठान; अनि उहाँले तिमीलाई हप्काउँदा हताश नहोऊ;
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू परमेश्वरका पुत्रहरू हौ, त्यसैकारण तिमीहरूलाई उहाँले अर्ती दिनुहुन्छ। तिमीहरूले उहाँका शब्दहरू भुलेका छौ “मेरो छोरा! परमेश्वरको अनुशासन हल्कासित नलेऊ, तिमी हताश नबन, जब प्रभुले तिमीहरूलाई सुधार्नुहुन्छ।
Nepali Tamang 2011
परमेश्वरसे एनीगदेदा ह्राङला झागदेदा ह्रङ् लसी बचनरी चुह्रङ् लसी अर्ती पिन्बा ताम म्लेःजी? “ङाला झा, परमप्रभुसे लबा तहरी भ्रउ। ओच्छे थेसे बङ्मा दुख थाम्हन्गो।