Hebrews 13:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका अगुवाहरूको कुरा मान। उनीहरूले सधैँ तिमीहरूका आत्माको देखरेख गर्छन् कारण तिनीहरूले आफ्नो कामको लेखा परमेश्वरलाई दिनुपर्नेछ। तिनीहरूका कुरा मान्यौ भने तिनीहरूले आफ्नो काम खुसीसँग गर्नेछन्, होइन भने दु:खी भएर काम गर्नेछन्। तिनीहरूलाई दु:खी बनायौ भने तिमीहरूलाई केही फाइदा हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधिकारको अधीनमा बस; किनकि तिनीहरूले परमेश्वरलाई आफ्नो सेवाको लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्दछन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्, दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
आफ्ना अगुवाहरूको आज्ञा मान र तिनका अधीनमा बस, तिनीहरू तिम्रा जिम्मेवार छन् र तिम्रा आत्मा बचाउनको निम्ति ती तिमीहरूको निगरानी गर्छन्। तिनीहरूको आज्ञा मान ताकि तिनीहरूले आफ्ना काम दुखसाथ होइन, ती आफ्ना काममा आनन्द लिन सक्छन्। तिनका काम सरल हुनेछ। आनन्दसाथ गर्न सकुन्। अनि तिनीहरूले आफ्ना काम दुखित बनेर गर्छन् भने त्यसले तिम्रो सहायता गर्दैन।
Nepali Tamang 2011
एनीगदेसे ह्राङला मण्डलीदा च्याबा म्हिगदेसे कुल्बा ताम ङ्यान्सी थेनीगदेला तहरी चिउ। थेनीगदेला गे चा एनीगदेला आत्मादा वास्ता लबा हिन्ना। ओच्छे थेनीगदेसे एनीगदेला लागिरी लबा गेला हिसाब परमेश्वरदा उन्तोःला। एनीगदेसे थेनीगदेला ताम ङ्यान्जी भिसी थेनीगदेसे ताङ्सी ताङ्सी ह्राङला गे लला। तर थेह्रङ् आलसम थेनीगदेसे दुख ङ्हम्ला, ओच्छे एनीगदेला लागिरी तिगै ज्यबा आत।