Hebrews 13:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफू पनि थुनामै परेको सम्‍झेर थुनामा पर्नेहरूको वास्‍ता राख्‍ने गर। दु:ख पाएकाहरूलाई आफैंले दु:ख पाएको जस्‍तै गरी सम्‍झ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्‍यालखानमा हुनेहरूको ख्‍याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्‍याचारमा परेकाहरूलाई पनि सम्‍झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कैदीहरूलाई तिमीहरू आफू पनि सङ्गी-कैदी भएझैँ र दुर्व्यव्यवहारमा परेकाहरूलाई तिमीहरू आफैँले कष्‍ट भोग गरेझैँ सम्झिदेओ।
Nepali ERV (पवित्र बाइबल)
जो कैदमा छन् तिनलाई नभूल। तिनीहरू जस्तै आफु पनि तिनीहरूसितै कैदमा रहेको सम्झ। अनि दुखमा परेका मानिसहरूलाई नभूल, किनभने भविष्यमा तिमीहरू पनि त्यही हालतमा हुन सक्छौ।
Nepali Tamang 2011
ह्राङएनोन झ्‍याल्‍खानरी मुबा ह्रङ्‌बान म्‍हन्‍सी झ्‍याल्‍खानरी मुबागदेदा वास्‍ता लउ। ओच्‍छे ह्राङलान ल्‍हुइरी दुख याङ्बा ह्रङ्‌बान म्‍हन्‍सी दुख याङ्बागदेदाएनोन वास्‍ता लउ।