Hebrews 13:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई सुरुमा परमेश्‍वरको शिक्षा दिने अगुवाहरूलाई याद गर। उनीहरूको जीवन कस्‍तो थियो र कसरी उनीहरूले यस संसारलाई छोडेर गए, त्‍यो विचार गर। तिमीहरूले पनि उनीहरूले गरेजस्‍तै विश्‍वास गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍ना अगुवाहरूको सम्‍झना राख, जसले परमेश्‍वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्‍यान देओ, र तिनीहरूका विश्‍वासको अनुकरण गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना अगुवाहरूको सम्झना गर, जसले तिमीहरूलाई परमेश्‍वरको वचन सिकाएका थिए। तिनीहरूका जीवनको परिणामलाई विचार गरेर तिनीहरूका विश्‍वासको अनुकरण गर।
Nepali ERV (पवित्र बाइबल)
आफ्ना अगुवाहरूलाई सम्झौ। तिनीहरूले तिमीहरूलाई परमेश्वरको सन्देश सिकाए। ती कसरी बाँचे र मरे त्यो विचार गर अनि तिनीहरूका विश्वासको उदाहरणलाई अनुसरण गर।
Nepali Tamang 2011
एनीगदेदा परमेश्‍वरला बचनग्‍याम लोप्‍बा मण्‍डलीदा च्‍याबा म्‍हिगदेदा ढन्‍गो। थेनीगदेला गाते ज्‍यबा बानीबेहोर मुबा थे घोउ। ओच्‍छे एनीगदेसेनोन थेनीगदेसे लबा ह्रङ्‌बान विश्‍वास लउ।