Hebrews 13:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै किसिमका अनौठा शिक्षाहरूले तिमीहरूलाई सत्य कुरादेखि गलत बाटोमा नलैजाओस्। खानपानका नियमले होइन, परमेश्वरकै अनुग्रहले भित्री मनलाई बलियो बनाएको हो। खानपानका नियमहरू मानेर त आत्माको काममा कहिल्यै कसैलाई फाइदा भएको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विभिन्न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्बन्धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्यस्ता विधि पालन गर्नेहरूको उपकार भएको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै किसिमका अनौठा शिक्षाहरूका भ्रममा नपर। हाम्रो हृदयलाई अनुग्रहद्वारा बलियो पार्नु असल छ, तर धर्म विधिअनुसारको भोजनले होइन, जुनचाहिँ खानेहरूको लागि कुनै मूल्यको हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।
Nepali Tamang 2011
एनीगदेदा था आरेबा खजिबै छार तामगदेसे एनीगदेदा सत्य तामग्याम थाफेगै। चबा थुङ्बाला ठिमसे आहिन, तर परमेश्वरला दयामायासे सेमदा भङ्ना लबा चा ज्यबा हिन्ना। चबा थुङ्बाला ठिम अन्छार भ्रसी आत्माला लागिरी तिगै फाइदा आरे।