Hebrews 2:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती छोरा-छोरी रगत र मासुको शरीर भएकाले येशू पनि तिनीहरूजस्‍तै मासु र रगत भएको मानिस हुनुभयो। उहाँ आफैंले मृत्‍यु भोग्‍नुभएर मृत्‍युको शक्ति भएको शैतानलाई नाश पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
छोराछोरीहरूका मासु र रगत भएको हुनाले उहाँले पनि तिनीहरूको जस्तै मानव रूप लिनुभयो, ताकि आफ्नो मृत्युद्वारा त्यो शैतानलाई, जससँग मृत्युको अधिकार छ, नष्‍ट पार्न सक्नुभएको होस्;
Nepali ERV (पवित्र बाइबल)
ती छोराछोरीहरू भौतिक शरीमा छन् जो मानिसहरू हुन्। अनि येशू पनि ती मानिसहरू जस्तै बन्नुभयो र तिनीहरूको जस्तै अनुभव बटुल्नु भयो। त्यसैकारण उहाँले मृत्युलाई अङ्गालेर त्यसलाई अर्थात शैतानलाई नष्ट गर्नुभयो जस सित मार्ने शक्ति छ।
Nepali Tamang 2011
थे कोलागदेला ल्‍हुइ स्‍यादेन काला तबासे लमा येशूला ल्‍हुइएनोन थेनीगदेला ह्रङ्‌बान स्‍यादेन काला दोजी। ओच्‍छे म्‍हिदा नाश लबा शक्ति थोबा शैतानदा नाश लबारी येशू ह्राङनोन सिजी।