Hebrews 2:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैले सबै कुरामा उहाँ आफ्नै दाजुभाइहरूजस्तो बन्नुपर्यो। यसरी नै परमेश्वरको सेवामा मानिसको पापको क्षमा माग्न भरपर्दो र दयालु प्रधान पूजाहारी बन्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाइहरूजस्तै बनाइनुपर्यो, र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पूजाहारी बन्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण उहाँलाई हरकिसिमले आफ्ना भाइहरूझैँ हुनुपर्नेथियो; ताकि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पुजारी बनून्; यसरी येशू मानिसहरूका पाप क्षमाको बलिदान हुनुभएको होस्।
Nepali ERV (पवित्र बाइबल)
यसैकारणले येशूले आफूलाई हरतरहले आफ्ना भाइ बहिनीहरू जस्तै बनाउनु आवश्यक थियो ता कि उहाँ परमेश्वरको सेवामा दयालु र विश्वासयोग्य प्रधान पूजाहारी बन्न सकून् अनि यस प्रकारले मानिसहरूलाई पापहरू क्षमा दिनसकून्।
Nepali Tamang 2011
थेतबासेलमा म्हिगदेला पाप माफ लबाला लागिरी परमेश्वरसे पिन्बा गेरी भर तबादेन दया मुबा परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हि दोतोःला। थेह्रङ्बा म्हि दोबाला लागिरी जम्मान तामरी येशू ह्राङलान आले आङागदे ह्रङ्बान दोतोःबा मुबा।