Hebrews 2:3 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यति ठूलो मुक्तिलाई नै वास्ता गरेनौं भने झन् कसरी हामी उम्कौंला र? यो मुक्ति पहिले प्रभुले नै प्रचार गर्नुभयो। उहाँको प्रचार सुन्नेहरूले यो सत्य हो भनी हामीलाई प्रमाण दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब हामीले यति महान् मुक्तिको वास्ता राखेनौं भने हामी कसरी उम्कौंला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो, र उहाँको वचन सुन्नेहरूद्वारा हाम्रा निम्ति पक्का साबित गरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले त झन् यति महान् मुक्तिको वास्ता राखेनौँ भने हामी कसरी उम्कौँला त? यो त्यही मुक्ति थियो, जसलाई पहिले प्रभुले घोषणा गर्नुभयो र उहाँलाई सुन्नेहरूले हाम्रा निम्ति यसको पुष्टि गरिदिए।
Nepali ERV (पवित्र बाइबल)
हामीलाई दिइएको उद्धार धेरै महान् हो। यसर्थ यदि हामीले त्यस उद्धारको अवहेलना गरर्यौ भने हामी दण्डबाट कसरी उम्कन सकौंला? उद्धारको बारेमा मानिसहरूलाई पहिले भन्नुहुने प्रभु नै हुनुहुन्थ्यो। अनि उहाँलाई सुन्ने मानिसहरूले उद्धार साँचो हो भन्ने कुरो हामीलाई प्रमाणित गरे।
Nepali Tamang 2011
थेतबासेलमा येशू ख्रीष्टसे पिन्बा चु घ्रेन थार्बादा य्हाङसे वास्ता आलनी भिसम झन य्हाङ चा खाह्रङ् लसी सजायग्याम स्योर्म्याङ्ला? चु थार्बाला बारेरी ङाच्छा प्रभुसेन थेःना लजी। ओच्छे प्रभुसे थेःना लबा ताम थेःबा म्हिगदेसे चु ताम सत्य हिन्ना भिसी य्हाङदा घोना लजी।