Hebrews 2:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै कुरा उसैको अधीनमा राखिदिनुभयो।” यहाँनेर भनिएको छ, “परमेश्वरले सबै कुरा मानिसको अधीनमा राखिदिनुभयो। यसको अर्थ हुन्छ कि उसको अधीनमा नभएको कुनै कुरा पनि छैन।” हुन त अहिले हामी सबै कुरा मानिसको अधीनमा भएको देख्दैनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले सब थोक तिनका चरणमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सब थोक राख्नुहुँदा तिनको अधीनबाहिर केही रहन दिनुभएन। तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्दैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै कुरा उहाँको पाउमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सबै थोक राख्नुहुँदा उहाँको अधीनबाहिर केही रहन दिनुभएन; तर यस वर्तमान समयमा सबै थोक उहाँको अधीनमा भएको हामी देख्दैनौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि सबैकुराहरू तपाईंले उसैको अधीनमा ल्याई दिनुभयो।” भजनसंग्रह 8:4-6 परमेश्वरले “सबैकुरा उसैको अधीनमा ल्याई दिनुभयो” भन्ने भनाइले भन्दा उहाँको अधीनदेखि बाहिर केही रहेन भन्ने बुझिन्छ। तर हामी उहाँले सबैमाथि शासन गरेको देख्दैनौं।
Nepali Tamang 2011
ओच्छे ह्राङसे जम्मान स्हेगदेथोरी शासन लबा अधिकार थेदा पिन्बा मुला।” परमेश्वरसे जम्मान स्हे म्हिगदेला तहरी थान्मा थेला अधिकाररी आरेबा स्हेगदे तिगैनोन आरेबा। तर दान्देला चु धुइरी य्हाङ जम्मान स्हेगदे म्हिला तहरी मुबा आम्राङ्मुला।