Hebrews 3:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसैकारण परमेश्‍वरले बोलाउनुभएका पवित्र दाजुभाइहरू हो, राजदूत र प्रधान पूजाहारी भनेर हामीले मानेका येशूमा मन लगाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण स्‍वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो, हामीले दृढ़ स्‍वीकार गरेका प्रेरित तथा प्रधान पूजाहारी येशूलाई विचार गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हे स्वर्गीय बोलावटका सहभागी, प्रिय दाजुभाइ-दिदीबहिनीहरू हो, हामीले प्रेरित र प्रधान पुजारीको रूपमा स्वीकार गरेका हाम्रा येशूमा आफ्ना विचारहरू दृढतापूर्वक राखिदेओ।
Nepali ERV (पवित्र बाइबल)
यसैले तिमीहरू सबैले येशूको बारेमा सोच्नुपर्छ। परमेश्वरले येशूलाई हामी भएकहाँ पठाउनु भएको छ अनि उहाँ हाम्रा विश्वासका प्रधान पूजाहारी हुनुहुन्छ जुन विश्वास हामीले राखेका छौं। मेरा पवित्र दाज्यू-भाइ, दिदी-बहिनीहरूलाई म भन्छु! तिमीहरू परमेश्वरबाट बोलाइएकाहरू हौ।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरसे ह्राङलान म्‍हिगदे स्‍होबाला लागिरी धम्‍बा ज्‍योज्‍यो आले नाना आङागदे, य्‍हाङसे परमेश्‍वरसे पुइखबा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हि येशूदा च्‍यागे।