Hebrews 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ख्रीष्‍टचाहिँ घरको अधिकार पाएको छोराजस्‍तै भरपर्दो हुनुहुन्‍छ। हाम्रो आशामाथि हामीले साहस र भरोसा कायम राख्‍यौं भने हामी परमेश्‍वरका घर हुन्‍छौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर ख्रीष्‍टचाहिँ परमेश्‍वरका घरानामा पुत्रको रूपमा विश्‍वस्‍त हुनुहुन्‍थ्‍यो। यदि हाम्रो आशामा हामीले आफ्‍नो भरोसा र गौरव अन्‍त्‍यसम्‍मै थामिराख्‍यौं भने हामी उहाँका परिवार हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरको सम्पूर्ण परिवारमा ख्रीष्‍टचाहिँ पुत्रको रूपमा विश्‍वासयोग्य हुनुहुन्छ। अनि साहसमा र हामीले गर्व गरेको आशामा अडिरह्‍यौँ भने हामी उहाँका परिवार हौँ।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरद्वारा संचालित घरमा ख्रीष्ट एउटा विश्वासनीय छोरो जस्तो हुनुहुन्छ। हामी विश्वासीहरू परमेश्वरको घर हौं। यदि हामी आफुमा भएको आशाप्रति निश्चिन्त र र्गवित रहिरह्यौं भने हामी परमेश्वरकै घर हौं।
Nepali Tamang 2011
तर ख्रीष्‍ट चा दिमला भर तबा झा गिक ह्रङ्‌बान परमेश्‍वरला दिमरी अधिकार याङ्बा मुल झा हिन्‍ना। चुदे य्‍हाङसे लबा आशथोरी पूरान भर लसी लिच्‍छाधोनान विश्‍वासरी कोङ्‌सी चिजी भिसम य्‍हाङएनोन परमेश्‍वरला दिमला कोलागदे दोला।