Hebrews 4:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको वचन त काम गरिरहने र जिउँदो छ। यो दुईधारे तरवारभन्दा पनि धारिलो छ। यसले भित्र पुगी प्राण र आत्मालाई छुट्याइदिन्छ। जोर्नी र मज्जालाई अलग पारिदिन्छ। परमेश्वरको वचनले मानिसहरूको हृदयको विचार र चाहनालाई केलाएर जाँच गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरको वचन जीवित, क्रियाशील र कुनै पनि दुईधारे तरवारभन्दा धारिलो हुन्छ, जसले प्राण र आत्मालाई अनि जोर्नी-जोर्नी र हाडको मासीलाई समेत भाग-भाग गरेर वारपार छेडिदिन्छ, र हृदयका विचार र मनोवृत्तिको न्याय गर्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको वचन जीवित छ र क्रियाशील छ। उहाँको वचन कुनै दुईधारे तरवार भन्दा धारिलो छ। परमेश्वरको वचनले हामीलाई गहिरो गरी काट्छ। यसले आत्मा र प्राण, जोडिएको ठाउँमा काट्छ। यसले जोर्नी र हड्डी समेत काट्छ। यसले भित्री भाव र विचार सम्म जाँच्छ।
Nepali Tamang 2011
परमेश्वरला छोन्बो बचन मी गे लसी चिबा शक्ति हिन्ना। चु न्हीलोनपट्टि धार मुबा तरवार भन्दा छ्यार्बा मुला। चुसे म्हिला आत्मा, ल्हुइ, थेला जी जीदेन नख्रुला टाङगदेन फेला ओच्छे म्हिला सेमला तामदेन लबारी म्हाइबा गे ठीक मुला कि आरे भिसी च्याला।