Hebrews 4:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा प्रधान पूजाहारी हाम्रो कमजोरीलाई बुझिदिन नसक्ने पूजाहारी हुनुहुन्न। हाम्रा पूजाहारी पापले फसाउने सबै कुरामा हामीजस्तै जाँचिनुभयो, तर पाप गर्नुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि हामीसँग हाम्रा दुर्बलताहरूमा सान्त्वना दिन नसक्ने प्रधान पुजारी होइन, तर हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो हामीझैँ हरेक प्रकारले परीक्षित हुनुभएर पनि पापरहित हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हाम्रा प्रधान पूजाहारी, येशू हुनुहुन्छ जो हाम्रा कमजोरीहरू बुझ्न समर्थ हुनुहुन्छ। जब येशू यस संसारमा हुनुहुन्थ्यो उहाँ हरेक कुरामा परीक्षित हुनुभयो जसरी हामी परीक्षित छौं, तर उहाँले कहिल्यै पाप गर्नु भएन।
Nepali Tamang 2011
परमेश्वरला मन्दिररी पूजा लबा मुल म्हिगदे न्हङला घ्रेन म्हि य्हाङला येशूदा य्हाङला जम्मान कमजोरीगदे था मुला। तिग्दा भिसम थेदाएनोन य्हाङदा ह्रङ्नोन जम्मान तामरी फसब लबारी म्हाइजी। तर थेसे पाप चा आलनी।