Hebrews 4:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने पुर्खाहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको छ। तर तिनीहरूलाई दिइएको सुसमाचार व्यर्थ भयो किनभने उनीहरूले सुनेका कुरामा विश्वास गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्नेहरूले विश्वासपूर्वक यिनलाई ग्रहण गरेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरूलाई झैँ हामीलाई पनि सुसमाचार प्रचार गरिएको हो, तर तिनीहरूले सुनेको सन्देश तिनीहरूलाई लाभदायक भएन; किनभने तिनीहरूले आज्ञापालन गर्नेहरूको जस्तो विश्वास गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
जस्तो तिनीहरूलाई भनियो त्यस्तै प्रकारले बाँच्ने उपाय हामीलाई पनि बताइएको छ। तर तिनीहरूले उपदेश त सुने तर विश्वाससित ग्रहण गरेनन्।
Nepali Tamang 2011
तिग्दा भिसम ओन्माला म्हिगदेदा ह्रङ्नोन य्हाङदाएनोन थार्बा पिन्बा समाचार थेःना लबा मुला। तर थेनीगदेला लागिरी थे समाचार गे आखेल्बा तजी। तिग्दा भिसम थेनीगदेसे थे समाचार सेमरी थान्सी विश्वास आलनी।