Hebrews 4:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हामी विश्‍वास गर्नेहरूचाहिँ परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको त्‍यस विश्रामको ठाउँमा पस्‍नेछौं। जसो उहाँले भन्‍नुभयो, “यसकारण मैले रिसमा शपथ खाएर भनें, ‘तिनीहरू कहिल्‍यै पनि मेरो विश्रामको ठाउँमा पस्‍न पाउनेछैनन्’!” सृष्‍टि गरिसक्‍नुभएदेखि नै परमेश्‍वरका सबै काम पूरा भए तापनि उहाँले यसो भन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हामी विश्‍वास गर्नेहरूचाहिँ त त्‍यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्‍नुभएको छ, “यसैले मैले आफ्‍नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्‍यै पस्‍नेछैनन्‌’।” यद्यपि उहाँका कार्यहरू संसारको उत्‍पत्तिदेखि नै पूरा भइसकेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामी जतिले विश्‍वास गरेका छौँ, त्यस विश्राममा प्रवेश गरेका छौँ, जसरी परमेश्‍वरले भन्‍नुभएको छ: “यसैले मैले आफ्नो क्रोधमा शपथ खाएर घोषणा गरेँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा पस्‍नेछैनन्।’ ” किनकि उहाँका कामहरू त संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।
Nepali ERV (पवित्र बाइबल)
हामी विश्वासीहरू परमेश्वरको विश्राममा प्रवेश पाउँछौं। जस्तो परमेश्वरले नै भन्नुभयो “म रिसाएँ र प्रतिज्ञा लिएँ कि ‘तिनीहरूले कहिल्यै प्रवेश गर्ने छैनन् र मेरो विश्राम पाउने छैनन्।” भजनसंग्रह 65:11 परमेश्वरले यसो भन्नुभयो। तर परमेश्वरले यस संसारको सृष्टि गर्नुभएपछि उहाँले आफ्नो काम समाप्त गर्नुभयो।
Nepali Tamang 2011
दाहेन्‍से य्‍हाङ विश्‍वास लबागदे चा थे ब्‍लप्‍बा न्‍हबा ग्‍लारी वाङ्म्‍याङ्ला। परमेश्‍वरसे चुह्रङ् भिसी सुङ्बा मुला, “ङाइ बोमोला झोकरी ‘थेनीगदेदा ङाइ स्‍होबा ब्‍लप्‍बा न्‍हबा ग्‍लारी थेनीगदे खाइमै वाङ्‌आम्‍याङ्’ भिसी घ्रान फाजी।” तसैनोन जम्‍बुलिङ स्‍होमाहेन्‍सेन परमेश्‍वरसे लबा जम्‍मान गे पूरा तबान मुला।