Hebrews 4:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहिले सुसमाचार सुन्नेहरूचाहिँ अट्टेरी भएकाले उहाँको विश्रामको त्यो ठाउँमा पस्न पाएनन्। तब त्यहाँ अरूहरू छन्, जो त्यो विश्राम पाउने ठाउँमा पस्न पाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, र तिनीहरू, जसलाई अघिअघि सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्ना अनाज्ञाकारिताले गर्दा पस्न सकेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण कतिपय त्यस विश्राममा प्रवेश गर्न बाँकी नै छ, जसलाई पहिले सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू प्रवेश गर्न पाएनन्; किनकि तिनीहरू अनाज्ञाकारी थिए।
Nepali ERV (पवित्र बाइबल)
यो अझै सत्य छ कि कतिपय मानिसहरूले प्रवेश गर्नेछन् र परमेश्वरको विश्राम पाउने छन्। तर ती मानिसहरू जसले पहिले मुक्तिको उपाय सुने त्यहाँ पस्न योग्यको थिएनन् किनकि तिनीहरूले आज्ञा मानेनन्।
Nepali Tamang 2011
तसैनोन परमेश्वरसे स्होबा थे ब्लप्बा न्हबा ग्लारी अझन कोइ कोइ म्हि वाङ्म्याङ्ला। ओच्छे ङाच्छान थार्बा पिन्बा समाचार थेःसीनोन कुल्बा ताम आङ्यान्बा म्हिगदे चा थे ब्लप्बा न्हबा ग्लारी वाङ्आम्याङ्नी।