Hebrews 4:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसकारण परमेश्‍वरले अर्को दिनलाई फेरि ‘आज’ भनेर तोक्‍नुभयो। अघि भनेझैँ धेरै वर्षपछि परमेश्‍वरले दाऊद राजालाई भन्‍न लाउनुभयो, “आज तिमीहरूले परमेश्‍वरको आवाज सुन्‍यौ भने मन कठोर नपार।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि परमेश्‍वरले “आज” भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्‍नुभयो, “आज तिमीहरूले उहाँको शब्‍द सुन्‍यौ भने तिमीहरूका हृदय कठोर नपार।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण फेरि परमेश्‍वरले कुनै एउटा दिनलाई “आज” भनेर छुट्याउनुभयो, जब धेरै समयपछि उहाँले अगि भनिएकोझैँ दावीदद्वारा फेरि भन्‍नुभयो: “आज तिमीहरूले उहाँको सोर सुन्यौ भने, आफ्ना हृदयलाई कठोर नबनाओ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमेश्वरले अर्कै विशेष दिनको योजना गर्नुभयो। त्यसलाई “आज” भनियो। दाऊदद्वारा परमेश्वरले त्यस दिन बारे धेरैपछि बताउनुभयो। हामीले त्यो धर्मशास्त्र अघि नै उपयोग गरयौं। “यदि तिमीहरूले परमेश्वरको आवाज आज सुन्यौ भने, अतीतमा जस्तै हठधर्मी नबन।” भजनसंग्रह 95:7-8
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरसे ब्‍लप्‍बा न्‍हबा ग्‍लारी वाङ्‌म्‍याङ्बाला लागिरी अर्गु धिन स्‍होजी। थे धिन चा “तिनीला धिन” भिसी तोगब लजी। परमेश्‍वरसे ल्‍हानान दिङ लिच्‍छा दाऊद ग्‍लेग्‍याम चुह्रङ् भिसी सुङ्जी, “तिनी एनीगदेसे परमेश्‍वरला काइ थेःजी भिसम ह्राङला सेम कोङ्‌ना थालउ।” चु ताम ङाइ ङाच्‍छाएनोन पाङ्सी जिन्‍बा मुबा।