Hebrews 5:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै पनि प्रधान पूजाहारी मानिसहरूबाटै छानिन्‍छन्, मानिसका तर्फबाट परमेश्‍वरकहाँ पापबलि र अरू थोक चढाउन खटिएका हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रत्‍येक प्रधान पूजाहारी मानिसहरूमध्‍येबाट छानिन्‍छ, र मानिसहरूको पक्षमा पापको निम्‍ति परमेश्‍वरमा भेटी र बलिदानहरू चढ़ाउन नियुक्त गरिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक प्रधान पुजारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्त भएका हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
कुनै पनि यहूदी प्रधान पूजाहारी मानिसहरू माझबाट छानिएका हुन्छन्। मानिसहरूले परमेश्वरलाई गर्नुपर्ने कुराहरू गर्न सघाउनु उहाँ नियुक्त हुनुभएको छ। पापको प्रयाश्चितमा ती प्रधान पूजाहारीले परमेश्वरको अघि भेटीहरू र बलीहरू चढाउनै पर्छ।
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिररी पूजा लबा खजिबै मुल म्‍हि धम्‍मा म्‍हिगदे न्‍हङ‌ग्‍यामनोन धम्‍मुला। म्‍हिगदेला साटोरी परमेश्‍वरदा फुल्‍तोःबा पापला बलिदेन भेटी फुल्‍बाला लागिरी थेदा धम्‍बा हिन्‍ना।