Hebrews 5:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिलेसम्‍म त तिमीहरू अरूलाई सिकाउने भइसक्‍नुपर्थ्‍यो, तर अझै परमेश्‍वरको शिक्षाको बारेमा प्राथमिक कुरा पनि थाहा नभएर अरू कसैले सिकाउनुपर्लाजस्‍तो छ। अलिक खँदिलो खानेकुराको सट्टा अझै तिमीहरू आमाको दूध चुस्‍ने बालकजस्‍तै छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यतिको समयसम्‍म त तिमीहरू शिक्षक भइसक्‍नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्‍वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई त कसैले परमेश्‍वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्‍याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ!
Nepali ERV (पवित्र बाइबल)
वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन।
Nepali Tamang 2011
तिनीधोना मी एनीगदे स्‍य्‍हान्‍दोदा लोप्‍खम्‍बा म्‍हि ततोःमुबा। तर एनीगदेदा मी अझ परमेश्‍वरला बारेरी जजाबा तामगदेएनोन स्‍य्‍हान्‍दो म्‍हिसे लोप्‍तोःबा मुला। थेतबासेलमा एनीगदे चबा स्‍हेला साटोरी अझ ङ्‍हे थुङ्बा कोलागदे ह्रङ्‌बान मुला।