Hebrews 5:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही पनि आफैं प्रधान पूजाहारी हुने मान खोज्‍दैन, तर परमेश्‍वरले खटाएर मात्र हुन्‍छ। हारूनलाई परमेश्‍वरले नै प्रधान पूजाहारी खटाउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले यो सम्‍मान आफै लिन सक्‍दैन, तर हारूनजस्‍तै तिनलाईं परमेश्‍वरले बोलाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि कसैले यो सम्मान आफैँ लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैँ परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारी हुनु सम्मानको कुरा हो। तर यस कामको निम्ति आफुले आफैलाई कसैले छान्दैनन्। हारूनलाई जस्तो, परमेश्वरले छान्नु पर्छ।
Nepali Tamang 2011
खालै म्‍हिसे ह्राङला सेमसे म्‍हाइजी भिदेमा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिसे याङ्बा मान आयाङ्। तर परमेश्‍वरसेन थे मान याङ्बा म्‍हि स्‍होबारी धम्‍ला। थेह्रङ् लसीन हारूनदाएनोन थेनोन परमेश्‍वरसे धम्‍जी।