Hebrews 5:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा आफूलाई मरेकोबाट बचाउन सक्‍नुहुनेसँग रुँदै आँसु बगाएर बिन्‍ती र प्रार्थना चढाउनुभयो। उहाँको नम्रता र भक्तिले गर्दा नै परमेश्‍वरले उहाँको प्रार्थना सुन्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू आफ्‍नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्‍युबाट बचाउन सक्‍नुहुनेलाई उहाँले बड़ो क्रन्‍दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्‍नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्बिन्ती चढाउनुभयो; अनि उहाँको भक्तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो।
Nepali ERV (पवित्र बाइबल)
जब ख्रीष्ट संसारमा हुनुहुन्थ्यो उहाँले परमेश्वरलाई प्रार्थना गर्नुभयो र सहायता माग्नुभयो। त्यहाँ एकैजना मात्र हुनुहुन्थ्यों जसले उहाँलाई मृत्युबाट बचाउनु सकनुहुन्थ्यो र येशूले आँसु र आर्तनाद सहित प्रार्थना गर्नुभयो। येशू नम्र र आज्ञाकारी हुनुहुन्थ्यो, त्यसैले परमेश्वरले उहाँको प्रार्थनाको उत्तर दिनुभयो।
Nepali Tamang 2011
येशू जम्‍बुलिङरी म्‍हि दोसी धन्‍छ्‌यामा ल्‍हानान क्रासी ह्राङदा सिबाग्‍याम सोना लखम्‍बा परमेश्‍वरदेन छ्‌याम प्रार्थना लजी। ओच्‍छे सोजो तसी कुल्‍बा ताम ङ्‌यान्‍बासे लमा परमेश्‍वरसे थेला प्रार्थना सान्‍जी।