Hebrews 6:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टका बारेमा सुरु-सुरुका शिक्षाहरूमा मात्र नरहेर अलिक गहकिलो र पाको शिक्षातिर लागौं, कामै नलाग्‍ने कुराहरूबाट मन फर्काएर परमेश्‍वरलाई विश्‍वास गर्ने शिक्षामा मात्रै लागिरहने होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण ख्रीष्‍टसम्‍बन्‍धी प्राथमिक सिद्धान्‍तहरूलाई छोड़ेर हामी परिपक्‍वतातर्फ बढ़ौं। मृत्‍युतिर लैजाने कर्महरूबाट पश्‍चात्ताप र परमेश्‍वरमाथिको विश्‍वासका कुराको जग फेरि नबसालौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ख्रीष्‍टसम्बन्धी सुरुका शिक्षाहरू त्यागेर परिपक्वतातर्फ बढौँ। मृत्युतिर लैजाने कर्महरूबाट पश्‍चात्ताप, परमेश्‍वरमाथिको विश्‍वास, बप्‍तिस्माको विषयमा निर्देशन, हात राख्ने कामहरू, मरेकाहरूको पुनरुत्थान र अनन्त न्यायका कुरा यी सुरुका शिक्षाहरूको जग फेरि नबसालौँ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अब हामीले ख्रीष्ट बारेको प्रारंभिक पाठहरू छोडनु पर्छ र पूर्णता तिर जानुपर्छ। हामी शुरू तिरै र्फकनु हुँदैन। मृत कर्महरूलाई पछि नै छोडेर अनि परमेश्वरमा विश्वास गरेर हामीले ख्रीष्टमा हाम्रो जीवन शुरू गरेका थियौ।
Nepali Tamang 2011
थेह्रङ् भिसम य्‍हाङ ख्रीष्‍टला बारेरी ङाच्‍छा लोप्‍बा तामगदे जे आतना अझ घ्रेन घ्रेन तामगदे लोप्‍बान पाको म्‍हि दोगे। अथवा नाश तना लबा गेगदे ख्‍लासी परमेश्‍वरपट्टि दोःबा तामदेन परमेश्‍वरदा विश्‍वास लबा ताम य्‍हाङदा घरिघरि लोप्‍आतोः।