Hebrews 6:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले परमेश्‍वरका भक्तहरूलाई सेवा गर्‍यौ र अझै गरिरहेका छौ। परमेश्‍वर अन्‍यायी हुनुहुन्‍न। तिमीहरूले गरेका यी सेवा र प्रेमलाई उहाँले बिर्सनुहुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर अन्‍यायी हुनुहुन्‍न, र तिमीहरूका काम र उहाँको खातिर सन्‍तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्‍नुहुन्‍न। तिमीहरू अझै पनि त्‍यस्‍तै सेवा गरिराखेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर अन्यायी हुनुहुन्‍न, तिमीहरूले परमेश्‍वरका जनहरूलाई सहायता गर्‍यौ र अझ गरिरहेर उहाँप्रति तिमीहरूको प्रेम देखाएकाले परमेश्‍वरले तिमीहरूका काम बिर्सनुहुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर न्यायसंगत हुनुहुन्छ। परमेश्वरले तिमीहरूले गरेको कामको याद गर्नु हुनेछ। उहाँका मानिसहरूलाई सहायता गरेर तिमीहरूले देखाएको आफ्नो प्रेमलाई तिमीहरूको अटूट सहायतालाई परमेश्वरले संझनु हुनेछ। तब तिमीहरूको आशा पनि पूर्ण गरिने छ।
Nepali Tamang 2011
परमेश्‍वरसे सदन ठीक निसाफ लमुला, ओच्‍छे एनीगदेसे परमेश्‍वरला म्‍हिगदेदा ह्रो लसी परमेश्‍वरदा माया उन्‍बा मुला। अझ एनीगदेसे थेह्रङ्बा गे लबान मुला, चु ताम परमेश्‍वरसे खाइमै आम्‍लेः।