Hebrews 6:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको प्रतिज्ञा पाउनेहरूलाई आफूले गरेको प्रतिज्ञा निश्चित छ भनी देखाउन उहाँले शपथ पनि खानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले आफ्नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्ने उहाँको अभिप्राय पक्का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्यो निश्चय गरिदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरले प्रतिज्ञाका हकदारहरूसित उहाँको बदली नहुने उद्देश्य स्पष्ट गर्न चाहनुभएकोले उहाँले यसलाई शपथद्वारा नै पक्का गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
जसले त्यो पाउनुपर्छ उसलाई आफ्नो वचन सत्य छ भन्ने कुरो परमेश्वर प्रमाण गर्न चाहनु हुन्थ्यो। उहाँको निर्णय कहिल्यै बद्लीने छैन भन्ने कुरो तिनीहरूले स्पष्ट रूपले बुझून् भन्ने पनि परमेश्वर चाहनुहुन्थ्यो। परमेश्वरले शपथ लिएर जे भन्नुभयो त्यसलाई उहाँले प्रमाणित गर्नुभयो। परमेश्वरले जब केही भन्नुहुन्छ उहाँले ढाँट्न सकनु हुन्न, अनि जब उहांले कुनै शपथ लिनुहुन्छ उहाँले ढाँट्न सकनुहुन्न।
Nepali Tamang 2011
परमेश्वरसे पिन्ना भिसी कबुल लबा मोलम याङ्बा म्हिगदेदा ह्राङसे लबा कबुल खाइमै आपोमुला भिबा ताम उन्बा सेम लजी। थेतबासेलमा परमेश्वरसे घ्रान फासी थे कबुल पक्का लजी।