Hebrews 6:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब दुई कुरा छन्, जो फेरिँदैनन् र यस विषयमा परमेश्वरले ढाँट्नुहुन्न। यसकारण उहाँकहाँ सुरक्षा लिन जाने हामीहरूको अघि राखिएको आशालाई दिगो भएर समातिरहन हामीले ठूलो उत्साह पाउँछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बदली हुन नसक्ने यी दुई कुराहरूमा परमेश्वर असत्य ठहरिनु असम्भव छ। यसैकारण हामी शरण लिनेहरूले हाम्रा सामु राखिदिएको आशा प्राप्त गर्ने ठूलो हौसला पाएका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले दिनुभएका यी दुई कुरा उहाँको प्रतिज्ञा र शपथ, जुन बदली हुन सक्दैन; किनकि परमेश्वरलाई झूट बोल्नु असम्भव छ। परमेश्वरले यसो गर्नुभयो, ताकि हामीलाई हाम्रो सामु राखिएको आशालाई दह्रो गरी पक्रिराख्न धेरै उत्साह मिलोस्।
Nepali ERV (पवित्र बाइबल)
यी दुइ कुराहरू बद्लिन सकदैनन्। अनि तिनीहरूले हामीलाई हाम्रो अघि रहेको आशामा दृढ रहन शक्तिशाली उत्साह दिन्छन् जति खेर हामी सुरक्षाको लागि परमेश्वरकहाँ आयौ।
Nepali Tamang 2011
परमेश्वरसे य्हाङदेन छ्याम कबुलएनोन लबा मुला, घ्रानएनोन फाबा मुला। चु ताम न्ही चा खाइमै आपोमुला। ओच्छे परमेश्वरसे खाइमै लुसीला ताम आलमुला। थेतबासेलमा जोगब तबाला लागिरी परमेश्वरला ङाच्छा निबा य्हाङसे घ्रेन आँट याङ्ला। ओच्छे य्हाङसे य्हाङला ङाच्छापट्टि थान्सी पिन्बा आशएनोन याङ्ला।