Hebrews 7:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मल्कीसेदेकचाहिँ शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। अब्राहामले चार जना राजाहरूलाई लडाइँमा हराएर फर्कंदैगर्दा मल्कीसेदेकले उनलाई भेटेर आशीर्वाद दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। राजाहरूलाई परास्त गरेर फर्कंदा यिनले अब्राहामलाई भेटे, र तिनलाई आशीर्वाद दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यिनै मल्कीसेदेक, शालेमका राजा र सर्वोच्च परमेश्वरका पुजारी थिए। तिनले राजाहरूलाई जितेर फर्किरहेका अब्राहामलाई भेटेर आशिष् दिए;
Nepali ERV (पवित्र बाइबल)
मल्कीसेदेक शालेमका राजा थिए र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। जब अब्राहाम लडाई जितेर आउन लागेका थिए, मल्कीसेदेकले उनलाई भेटे र आशीर्वाद दिए।
Nepali Tamang 2011
चु मल्कीसेदेक शालेम भिबा य्हुल्साला ग्लेदेन जम्मान भन्दा घ्रेन परमेश्वरदा तेन्बा म्हि मुबा। अब्राहाम गोर ब्लि ग्लेदेन लडाइ लसी ढासी दोःसी खबा धुइरी मल्कीसेदेकसे स्याप्सी मोलम पिन्जी।