Hebrews 7:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा प्रभु, जसका विषयमा यी कुराहरू भनिएका छन्, उहाँ त भिन्‍नै कुलका हुनुहुन्‍छ। उहाँको कुलमा कसैले पनि पूजाहारी भएर काम गरेका थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन्, उहाँ त अर्कै कुलका हुनुहुन्‍छ, जुन कुलबाट कसैले पनि कहिल्‍यै वेदीमा सेवा गरेको छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसको लागि यी कुराहरू भनिए, उहाँ त बेग्लै कुलको हुनुहुन्थ्यो, र त्यस कुलबाट कसैले कहिल्यै पुजारी भएर वेदीको सेवा गरेन।
Nepali ERV (पवित्र बाइबल)
हामी यो कुरा ख्रीष्टको बारेमा भन्दैछौं। उहाँ अर्कै उपजातिका हुनुहुन्थ्यो। त्यस उपजाति कसैले पनि वेदीमा कहिल्यै सेवा गरेका थिएनन्।
Nepali Tamang 2011
य्‍हाङला प्रभुला बारेरी चु तामगदे पाङ्बा मुला, थे अर्गु वंशला हिन्‍ना। थेला वंशला खालैसेन परमेश्‍वरदा भेटी फुल्‍बा ग्‍लारी गे लबा आरे।