Hebrews 7:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले राजाहरूलाई जितेर ल्‍याएका सबै धनको दशांश मल्‍कीसेदेकलाई दिए। मल्‍कीसेदेक नाउँको अर्थ ‘धार्मिकताको राजा’ हो र उनी शालेमका राजा भएकोले उनको नाउँले ‘शान्‍तिका राजा’ भन्‍ने पनि बुझाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनैलाई अब्राहामले सबै थोकको दशांश छुट्ट्याइदिए। यिनको नाउँको अर्थअनुसार यिनी पहिले धार्मिकताका राजा र त्‍यसपछि चाहिँ शालेमका राजा हुन्, अर्थात्‌ शान्‍तिका राजा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अब्राहामले तिनलाई हरेक कुराको दशांश दिए। मल्कीसेदेकको नामको अर्थ “धार्मिकताका राजा” र त्यसपछि, “शालेमका राजा” अर्थात् “शान्तिका राजा” हो।
Nepali ERV (पवित्र बाइबल)
अनि अब्राहामले मल्कीसेदेकलाई आफूसित जति थियो त्यसको दशांश भाग दिए। ‘मल्कीसेदेक’ नाउँका दुइवटा अर्थ छ। पहिलो अर्थ हुन्छ धार्मिकताको राजा। “शालेमका राजा” को पनि अर्थ हुन्छ “शान्तिको राजा।”
Nepali Tamang 2011
अब्राहामसे ग्‍लेगदेदा ढासी भबा जम्‍मान स्‍हेगदेग्‍याम भो च्‍युइला भो गिक फेसी मल्‍कीसेदेकदा पिन्‍जी। मल्‍कीसेदेक भिबाला अर्थ गिक चा ठीक निसाफ लबा ग्‍ले हिन्‍ना। ओच्‍छे थे शालेम य्‍हुल्‍साला ग्‍ले तबासे लमा मल्‍कीसेदेक भिबाला अर्गु अर्थ चा शान्‍तिला ग्‍ले हिन्‍ना।