Hebrews 7:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूलाई भने उहाँले शपथ खाएरै पूजाहारी बनाउनुभयो, जसरी धर्मशास्‍त्रमा लेखिएको छ, “परमप्रभुले शपथ खाएर भन्‍नुभएको छ र उहाँले आफ्‍नो मन बदल्‍नुहुन्‍न। तिमी सधैँको लागि पूजाहारी हुनेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अघि पूजाहारी हुनेहरूले त साँच्‍ची नै विनाशपथ पूजाहारीको पद लिएका थिए, तर उहाँचाहिँ शपथसहित पूजाहारी बन्‍नुभयो, र उहाँको विषयमा परमेश्‍वर भन्‍नुहुन्‍छ, “परमप्रभुले शपथ खानुभएको छ, र आफ्‍नो मन बदल्‍नुहुनेछैन, ‘तिमी सधैँभरिको निम्‍ति पूजाहारी हौ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँचाहिँ शपथसहित पुजारी हुनुभयो, जब परमेश्‍वरले उहाँलाई भन्‍नुभयो: “परमप्रभुले शपथ खानुभएको छ; अनि आफ्नो मन बदल्नुहुनेछैन: ‘तिमी सदासर्वदाको लागि पुजारी हौ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर ख्रीष्ट चाँहि परमेश्वरको प्रतिज्ञाद्वारा पूजाहारी बन्नुभयो। परमेश्वरले उहाँलाई भन्नुभयो “परमेश्वरले प्रतिज्ञा लिनुभयो उहाँले आफ्नो मन परिवर्तन गर्नुहुने छैन। ‘तिमी सदा-सदालाई पूजाहारी हौ।” भजनसंग्रह 110:4
Nepali Tamang 2011
तर येशू चा परमेश्‍वरसे घ्रान फासी परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हि स्‍होबा हिन्‍ना। थेला बारेरी बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “परमप्रभुसे घ्रान फासी जिन्‍बा मुला, थेसे ह्राङला सेम खाइमै आपो। ‘ए सदनना लागिरी परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हि हिन्‍ना।’”