Hebrews 7:26 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई चाहिएको प्रधान पूजाहारी पनि यस्‍तै नै हो। उहाँ पवित्र, निर्दोष, शुद्ध हुनुहुन्‍छ र परमेश्‍वरले उहाँलाई पापी मानिसहरूबाट छुटाएर सबैभन्दा माथि स्‍वर्गमा बसाल्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यो उचित थियो कि हाम्रा लागि यस्‍ता एक जना प्रधान पूजाहारी हुनुपर्दछ, जो पवित्र, दोषरहित, निष्‍कलङ्क, पापीहरूबाट अलग र स्‍वर्गभन्‍दा पनि माथि उचालिएका हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्ता प्रधान पुजारीले नै हाम्रा खाँचोहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्‍च पारिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।
Nepali Tamang 2011
य्‍हाङदा तोःबा परमेश्‍वरदा तेन्‍बा मुल म्‍हि चुनोन येशू हिन्‍ना। थे पापनोन आलबादेन चोखो ओच्‍छे तिगै दोष आरेबा मुला। थेतबासेलमा परमेश्‍वरसे थेदा पापी म्‍हिगदेग्‍याम फेसी स्‍वर्गला जम्‍मान भन्‍दा मुल ठिरी धन्‍छ्‌यापुङ्‌बा मुला।