Hebrews 7:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मल्‍कीसेदेकका बुबा, आमा र पिता-पुर्खा कसैको बारेमा केही जानकारी छैन। उनको जन्‍म र मरणको बारेमा पनि केही जानकारी छैन। परमेश्‍वरका पुत्रजस्‍तै उनी सदाकालका पूजाहारी हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्‍त्‍य नभएका, तर परमेश्‍वरका पुत्र स्‍वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनी आमाबुबाविना, वंशावलीविना, जीवनको सुरु र अन्त्यविना नै परमेश्‍वरका पुत्रसमान सदाकाल पुजारी भइरहनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मल्कीसेदेकका माता-पिता को थिए र कहाँबाट आएका थिए त्यो कसैले जान्दैन। अनि उनी कहिले जन्मे र कहिले मरे त्यो पनि अज्ञात नै छ। उनी परमेश्वरको पुत्र जस्तै हुन् र उनी सदाकाल पूजाहारी भइरहन्छन्।
Nepali Tamang 2011
मल्‍कीसेदेकला आबा आमादेन आखे म्‍हेमे खाल हिन्‍ना भिसी तिगै भ्रिसी थान्‍बा आरे। ओच्‍छे थे न्‍हबादेन सिबा तामला बारेरीनोन तिगै भ्रिसी थान्‍बा आरे। परमेश्‍वरला झा ह्रङ्नोन थेएनोन सदनना लागिरी परमेश्‍वरदा तेन्‍बा म्‍हि दोजी।