Hebrews 7:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी मल्‍कीसेदेक त लेवीका सन्‍तान होइनन्। तर पनि उनले त पूजाहारीहरूका पुर्खा अब्राहामबाट दशांश लिए अनि तिनले परमेश्‍वरको प्रतिज्ञा पाउने अब्राहामलाई आशीर्वाद दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन्, र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी मल्कीसेदेकचाहिँ लेवीको कुलबाट आएका होइनन्, तर पनि अब्राहामबाट दशांश लिए, र प्रतिज्ञा पाउनेलाई आशिष् दिए।
Nepali ERV (पवित्र बाइबल)
मल्कीसेदेक लेवीका सन्तानबाट आएका थिएनन्। तथापि उनले अब्राहामबाट दशांश पाए। अनि उनले अब्राहामलाई आशीर्वाद दिए जसलाई परमेश्वरले वचन दिएका थिए।
Nepali Tamang 2011
परमेश्‍वरदा तेन्‍बा मल्‍कीसेदेक लेवी वंशला आहिन। तसैनोन थेसे परमेश्‍वरला मन्‍दिररी पूजा लबा म्‍हिगदेला म्‍हेमे अब्राहामग्‍याम भो च्‍युइला भो गिक किन्‍जी। ओच्‍छे परमेश्‍वरसे लबा कबुलगदे याङ्तोःबा अब्राहामदा थेसे मोलम पिन्‍जी।