Hebrews 8:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै प्रधान पूजाहारीहरू परमेश्‍वरलाई दिएको भेटी र पशुबलि चढाउन खटिएका हुन्‍छन्। यसकारण हाम्रो प्रधान पूजाहारीले पनि केही कुरा त चढाउनैपर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि हरेक प्रधान पूजाहारी भेटी र बलिदान चढ़ाउन नियुक्त भएका हुन्‍छन्‌। यसकारण यी प्रधान पूजाहारीसँग पनि अर्पण गर्ने केही सामग्री हुनु आवश्‍यक छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक प्रधान पुजारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्त गरिएको हुन्छ; अनि यी प्रधान पुजारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
हरेक प्रधान पूजाहारीको काम हुन्छ परमेश्वरलाई भेटी र बली चढाउने। यसर्थ, हाम्रा प्रधान पूजाहारीले पनि परमेश्वरलाई केही चढाउनु पर्छ।
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिररी पूजा लबा जम्‍मान मुल म्‍हिगदे परमेश्‍वरदा भेटीदेन बलि फुल्‍बाला लागिरी धम्‍बा हिन्‍ना। थेतबासेलमा परमेश्‍वरदा तेन्‍बा य्‍हाङला मुल येशूसेनोन परमेश्‍वरदा तिगै स्‍हे फुल्‍नोन तोःला।