Hebrews 8:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ यस पृथ्वीमा नै हुनुभएको भए पूजाहारी बन्नुहुने थिएन किनभने व्यवस्थाले भनेझैँ भेटी चढाउने पूजाहारीहरू त यहाँ अघिदेखि नै छँदैछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ यस पृथ्वीमै हुनुहुँदो हो त उहाँ पूजाहारी हुनुहुने नै थिएन, किनभने व्यवस्थाबमोजिम भेटी चढ़ाउने पूजाहारीहरू त छँदैछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पुजारी हुनुहुनेथिएन; किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पुजारीहरू छँदैछन्।
Nepali ERV (पवित्र बाइबल)
यदि हाम्रा प्रधान पूजाहारी पृथ्वीमा हुनुभएको भए, उहाँ पूजाहारी हुनुहुँदैन थियो। म यसकारण यो भन्दैछु व्यवस्थाले चाहेको भेटी चढाउन त्यहाँ पूजाहारीहरू छँदैछन्।
Nepali Tamang 2011
येशू चु जम्बुलिङरी मुबा हिन्सम खाइमै परमेश्वरदा तेन्बा म्हि आदोसेला मुबा। तिग्दा भिसम मोशादा पिन्बा ठिम अन्छार भेटी फुल्बा परमेश्वरला मन्दिररी पूजा लबा लेवी वंशला म्हिगदे मी चुरी ङाच्छाहेन्सेन मुबा।