Hebrews 8:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले गर्ने काम स्वर्गमा भएको साँचो कुराको नकल र छायाँ मात्र हो। मोशालाई पनि यस्तै गर्न अह्राइएको थियो, जसले पवित्र पाल बनाउन लाग्दा परमेश्वरले उनलाई यसो भन्नुभएको थियो, “हेर, तँलाई पहाडमा देखाइएको नमुनाजस्तै सबै कुरा बनाउनू।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, किनकि मोशाले पवित्र वासस्थान बनाउन लाग्दा परमेश्वरको यस्तो आदेश पाएका थिए, “पर्वतमा तिमीलाई देखाइदिएको नमूनाबमोजिम तिमीले सब थोक बनाउनू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।”
Nepali ERV (पवित्र बाइबल)
वास्तवमा पूजाहारीहरूले गरेको सेवा त केवल स्वर्गमा भएका कुराहरूको नवकल र छायाँ मात्र हुन्। त्यसैकारण मोशाले जब पवित्र तम्बू तान्दै थिए परमेश्वरले उनलाई चेतावनी दिनुभयो, “याद गर तिमीले हरेक कुरो त्यसै अनुसार बनाउनु जुन तिमीलाई मैले पहाडमा देखाएँ।”
Nepali Tamang 2011
थेनीगदेसे परमेश्वरला मन्दिररी पूजा लबा गे चा स्वर्गरी मुबा सत्य ताम ह्रङ्बा जे हिन्ना, तर स्वर्गरी मुबा सत्य तामनोन चा आहिन। मोशादाएनोन परमेश्वरसे थेह्रङ्बान लउ भिसी कुल्बा मुबा। मोशासे परमेश्वरदा तेन्बारी पाल स्होबारी छ्याइमा, “च्यागो, जम्मान ताम ङाइ एदा गङरी उन्बा ह्रङ्बान स्होउ” भिसी कुल्बा मुबा।