Hebrews 8:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई दिइएको पूजाहारीको काम ती अरू प्रधान पूजाहारीको कामभन्दा अझ ठूलो छ। त्यसरी नै परमेश्वर र उहाँका मानिसहरूबीच येशूले बाँध्नुभएको नयाँ करार पनि पहिले गरिएको पुरानो करारभन्दा ठूलो हो कारण यो करारमा अझ राम्रा कुराहरूको प्रतिज्ञा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यसै पनि ख्रीष्टले प्राप्त गर्नुभएको सेवा त्यतिकै बढ़ी श्रेष्ठ छ, जत्तिको उहाँले मध्यस्थता गर्नुभएको करार पुरानोभन्दा उत्तम छ। किनभने यो करारको जग उत्तम प्रतिज्ञाहरूमा बसालिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्च दर्जाको छ।
Nepali ERV (पवित्र बाइबल)
तर येशूलाई सुम्पिएको काम अरू पूजाहारीहरूको काम भन्दा धेरै ठूलो थियो। उसै गरी, नयाँ करार जुन येशूले परमेश्वरबाट आफ्ना मानिसहरूलाई ल्याउनुभएको छ त्यो पनि पुरानो करारको भन्दा धेरै ठूलो छ। अनि नयाँ करार उत्तम प्रतिज्ञामा आधारित छ।क
Nepali Tamang 2011
तर येशूसे परमेश्वरदा तेन्बा गे चा परमेश्वरला मन्दिररी पूजा लबा स्य्हान्दो मुल म्हिगदेला गे भन्दा झन घ्रेन मुला। थेह्रङ् लसीन परमेश्वरदेन परमेश्वरला म्हिगदेला गुङरी येशूसे लबा छार कबुल थे पुरानो कबुल भन्दा ज्यबा मुला। तिग्दा भिसम छार कबुलरी ल्हानान ज्यबा तामगदे मुला।