Hebrews 8:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो करारचाहिँ तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको करारजस्तो हुनेछैन। त्यस बेला त मैले हातमा समातेर तिनीहरूलाई मिश्रदेशबाट निकालेको थिएँ। तर मैले तिनीहरूसँग बाँधेको करार तिनीहरूले पालन गरेनन्। यसकारण मैले पनि तिनीहरूको वास्तै गरिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करारजस्तै यो हुनेछैन, जब मैले तिनीहरूलाई हातमा समातेर मिश्रदेशबाट डोर्याएर ल्याएको थिएँ। परमप्रभु भन्नुहुन्छ, तिनीहरू मेरो करारमा स्थिर भई बसेनन्, यसैले मैले तिनीहरूको वास्ता गरिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो त्यस करारजस्तै हुनेछैन, जुन करार मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ; जब मैले तिनीहरूलाई हात समातेर इजिप्टबाट डोर्याएर ल्याएको थिएँ; किनकि तिनीहरू मेरा करारप्रति विश्वासयोग्य भएनन्, अनि म तिनीहरूदेखि विमुख भएँ, प्रभु घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
यो करार त्यस्तो हुने छैन जस्तो मैले तिनका पुर्खाहरूलाई दिएँ। त्यो करार मैले दिएँ जब मैले तिनीहरूका हात पक्रेँ र मिश्रदेशबाट ल्याएँ। तर मैले दिएको करारको अनुसरण तिनले गरेनन् तब मैले तिनीहरूबाट आफ्नो मुख फर्काएँ, परमेश्वर भन्नुहुन्छ।
Nepali Tamang 2011
थे छार कबुल ङाइ थेनीगदेला आखे म्हेमेगदेदेन छ्याम लबा कबुल ह्रङ्बा आत। थे धुइरी ङाइ थेनीगदेदा यारी चुङ्सी मिश्र य्हुल्साग्याम फेसी भबा मुबा। परमप्रभुसे चुह्रङ् भिसी सुङ्बा मुला, थेनीगदे ङाइ लबा कबुल अन्छार आभ्रनी। थेतबासेलमा ङाइ थेनीगदेला वास्ता आलनी।