Hebrews 9:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू खानपान गर्ने र धेरै किसिमका चोखिने दस्‍तुर मात्र हुन्। परमेश्‍वरबाट एउटा नयाँ व्‍यवस्‍था नआउनञ्‍जेल चलाइने यी बाहिरी दस्‍तुर मात्र हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती केवल खाने, पिउने र विभिन्‍न विधिका स्‍नानहरू मात्र हुन्, अर्थात्‌ शारीरिक धर्म-विधिहरू हुन्, जुनहरू सुधारको समय नआउञ्‍जेल स्‍थापना गरिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती नयाँ सुधारको समय नआएसम्म खानेकुरा र पिउने कुरा हुन्, र विभिन्‍न विधिका शुद्धीकरणका बाहिरी नियम मात्र हुन्।
Nepali ERV (पवित्र बाइबल)
ती बलिहरू र भेटीहरू त खालि खाने, पिउने र सविशेष नुहाउने विषयमात्र थिए। ती खाली शरीरका विधिहरू मात्र थिए हृदयका थिएनन्। परमेश्वरको नयाँ तरिका नआउञ्जेल सम्म परमेश्वरद्वारा यी विधिहरू बनाइएका थिए।
Nepali Tamang 2011
थे स्‍हेगदे चा चबा थुङ्बादेन म्‍हिदा चोख्‍याब लबा ल्‍हानान थरीला ठिम जे हिन्‍ना। थे ठिम चा परमेश्‍वरग्‍याम छार ठिम आखतेधोनाला लागिरी ल्‍हुइ चोखो तना लबा ठिम जे हिन्‍ना, सेम चोखो तना लबा ठिम आहिन।