Hebrews 9:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ख्रीष्‍ट त यहाँ भएका सबै असल कुराहरूका प्रधान पूजाहारी भएर आइसक्‍नुभएको छ। उहाँ झन् ठूलो र सिद्ध मन्‍दिरमा पूजाहारी हुनुहुन्‍छ। यो मानिसले बनाएको मन्‍दिर होइन र सृष्‍टि गरिएको यस संसारको कुरो पनि होइन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ख्रीष्‍ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान्‌ र सिद्ध पवित्र वासस्‍थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात्‌ यस सृष्‍टिको अङ्ग होइन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहाँ पहिलेदेखि नै स्थापना भएका असल व्यवस्थाहरूको प्रधान पुजारीको रूपमा जब ख्रीष्‍ट आउनुभयो, तब उहाँ अझ महान् र सिद्ध वासस्थानद्वारा जानुभयो, जुनचाहिँ मानिसले बनाएको होइन, अर्थात् जुन वासस्थान यो सृष्‍टिको भाग होइन।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन।
Nepali Tamang 2011
तर ख्रीष्‍ट चा परमेश्‍वरदा तेन्‍बा मुल म्‍हि दोसी दान्‍दे चुरी मुबा जम्‍मान ज्‍यबा स्‍हेगदे पिन्‍बाला लागिरी फेप्‍खबा मुला। थे जम्‍मान भन्‍दा घ्रेनदेन चोखो ग्‍लारी फेप्‍जी। चु ग्‍ला चा जम्‍बुलिङला स्‍हेगदेग्‍याम म्‍हिसे स्‍होबा ग्‍ला आहिन।