Hebrews 9:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ सोझै यस मन्‍दिरको महापवित्र ठाउँमा सधैँको निम्‍ति एकैपल्‍ट पस्‍नुभयो। उहाँले बोका र साँढेको बलि चढाएको रगत लिएर पस्‍नुभएन। तर आफ्‍नै बलि चढाएको रगत लिएर पस्‍नुभयो र हामीलाई सधैँभरि रहने मुक्ति दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बोका र बाछाहरूको रगतले होइन, तर आफ्‍नै रगतद्वारा अनन्‍त उद्धार प्राप्‍त गरिदिएर सधैँको निम्‍ति एकै पल्‍ट महापवित्र स्‍थानभित्र उहाँ प्रवेश गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ बोका र बाछाहरूको रगत लिएर प्रवेश गर्नुभएन, तर आफ्नै रगत लिएर सधैँको लागि एकै पल्ट महा-पवित्रस्थानमा प्रवेश गर्नुभयो, र हाम्रो लागि अनन्त उद्धार प्राप्‍त गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्ट महा पवित्र स्थानमा सधैंको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुटकारा दिलाउनु भयो।
Nepali Tamang 2011
ख्रीष्‍टसे बोगोदेन बहरला का भोर्सी आहिन, तर ह्राङलान का भोर्सी तिरेमरीन य्‍हाङदा जुकजुकधोनान पापग्‍याम फेबाला लागिरी थे जम्‍मान भन्‍दा चोखो ग्‍लारी फेप्‍जी।