Hebrews 9:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले व्यवस्थामा लेखिएका सबै आज्ञाहरू मानिसहरूलाई सुनाएपछि पानीसँग बोका र साँढेको रगत मिसाएर हिसपको बोट र रातो ऊन लिएर सबै मानिस र धर्मशास्त्रका पुस्तकमाथि यसो भन्दै छर्के,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मोशाले व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्याउलासहित, व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोशाले सबै मानिसहरूलाई व्यवस्थाको हरेक आज्ञा घोषणा गरे, तब तिनले पानी, रातो ऊन र हिसपका हाँगाहरूसित बाछाहरूको रगत लिए, र त्यो चर्मपत्र र सबै मानिसहरूमाथि छर्किदिए।
Nepali ERV (पवित्र बाइबल)
पहिले मोशाले सबै मानिसहरूको अघि नियमको एक-एक आज्ञा सुनाउँथे त्यसपछि बाछा र बाख्राको रगत पानीसित मिसाएर नियमको पात्रो अनि रातो उनी लाउथे र सबै मानिसहरूमाथि हिसपको हाँगाहरूले र्छकिदिन्थे।
Nepali Tamang 2011
मोशासे परमेश्वरसे पिन्बा जम्मान ठिमगदे म्हिगदेदा पाङ्सी जिन्माहेन्से क्युइरी बोगोदेन बहरला का दोङ्सी हिसपला स्याउलादेन वाला ऊनसे म्हिगदेदेन परमेश्वरसे पिन्बा ठिमला किताबरी स्वामुबा।