Hebrews 9:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूका प्रधान पूजाहारी त आफ्‍नो होइन तर पशु बलिको रगत लिएर वर्षेनी महापवित्र स्थानभित्र पस्‍छन्। तर ख्रीष्‍ट त घरीघरी आफैं बलिदान हुन जानुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू आफैलाई बारम्‍बार बलि चढ़ाउन स्‍वयम्‌ पस्‍नुभएको होइन, जसरी प्रधान पूजाहारी सालिन्‍दा आफ्‍नै रगत होइन, तर अर्काको रगत लिएर महापवित्र स्‍थानभित्र प्रवेश गर्ने गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक वर्ष प्रधान पुजारी अरूको रगत लिएर महा-पवित्रस्थानभित्र प्रवेश गरेजस्तै उहाँ आफूलाई बारम्बार अर्पण गर्न स्वर्गमा प्रवेश गर्नुभएन।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारी परमपवित्र स्थानमा र्वषमा एकपटक पस्छन्। उनले त्यहाँ चढाउनलाई रगत लिएर जान्छन्। तर उनले आफ्नै रगत अर्पण गर्दैनन् जस्तो ख्रीष्टले गर्नुभयो। ख्रीष्ट स्वर्ग जानु भयो तर अरू पूजाहारीहरूले जस्तो घरिघरि चढाए जस्तो आफूलाई धेरै पटक चढाउन होइन।
Nepali Tamang 2011
ङाच्‍छाला ठिम अन्‍छार परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हि जन्‍तुला का भोर्सी दिङएदङसेन चोखो ग्‍लारी नितोःबा मुबा। तर ख्रीष्‍ट चा ह्राङनोन बलि दोसी घरिघरि स्‍वर्गरी आफेप्‍नी।