Hebrews 9:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी नै धेरै जनाको पाप मेट्‍न ख्रीष्‍टको पनि एकपल्‍ट बलिदान भयो। उहाँ दोस्रो पटक पनि आउनुहुन्‍छ। त्‍यस पटक त उहाँ पाप मेट्‍न होइन तर उहाँको बाटो हेरेर बस्‍नेहरूलाई बचाउन आउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसरी ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई एकै पल्‍ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्‍ट देखा पर्नुहुनेछ, पाप बोक्‍नका निम्‍ति होइन, तर उत्‍सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्‍ति।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै ख्रीष्‍ट पनि धेरैको पाप उठाइलैजान एकै पल्ट बलिदान हुनुभयो; अनि दोस्रो पल्ट देखा पर्नुहुँदा पाप बोक्न होइन, तर उहाँको प्रतीक्षा गर्नेहरूलाई मुक्ति ल्याउन आउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ धेरैका पापहरू हटाउन, ख्रीष्टले एकै पल्ट आफूलाई बलि दिनुभयो। ख्रीष्ट दोस्रो पटक आउनुहुँदैछ तर मानिसको पापको निम्ति होइन, उहाँ दोस्रो पटक तिनीहरूको मुक्तिको निम्ति आउनुहुनेछ जसले, उहाँलाई र्पखिरहेका छन्।
Nepali Tamang 2011
थेह्रङ् लसीन ल्‍हानान म्‍हिला पापला दोष मेटब लबाला लागिरी ख्रीष्‍टएनोन तिरेम जे बलि दोजी। ख्रीष्‍ट दोःसीनोन फेप्‍खला, ओच्‍छे थे धुइरी चा म्‍हिगदेला पापला दोष मेटब लबाला लागिरी आहिन, तर ताङ्सी ताङ्सी थेला ग्‍याम च्‍यासी चिबागदेदा थार्ना लबारी फेप्‍खला।